कोरोनाविरुद्धको चिनियाँ खोप छुटेका फ्रन्टलाइनरलाई नलगाइने 

कोरोनाविरुद्धको चिनियाँ खोप छुटेका फ्रन्टलाइनरलाई नलगाइने 

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक गौतमले चीनबाट आएको खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्रै लगाइने बताए। 

चीनबाट ८ लाख खोप काठमाडौँ आइसकेको छ। खोप शाखाले जिल्ला जिल्लामा पठाउने र जेठ २५ गतेदेखि लगाउन सुरु गर्ने डा. गौतमले जानकारी दिए। 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी सहितका फ्रन्टलाइनरलाई पटक पटक खोप लगाउन आउनु भनेर अवसर दिन नसकिने उनले बताए। ‘कोहीले एक पटक पनि अवसर नपाउने, उनले भने,‘पटक पटक फ्रन्टलाइनर भनेर अवसर दिन सकिँदैन।’

उनका अनुसार चिनियाँ खोप देशभरका ६० देखि ६४ वर्ष उमेर समूहकाले मात्रै लगाउन पाउनेछन्। 

जेठ १९, २०७८ बुधबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।