धुलिखेलमा जङ्गली च्याउ खाएका दुई जनाको मृत्यु 

धुलिखेलमा जङ्गली च्याउ खाएका दुई जनाको मृत्यु 

धुलिखेल हजार सिँढी रहेको जङ्गलबाट नरबहादुर थामीले लगेको च्याउ पकाएर खाएका रामबहादुर थामी, सूर्य बहादुर थामी, पूर्ण थामी, कृष्ण थामी, राजु थामी र कृष्ण पहरी बिरामी भएका छन्। 

सिकिस्त बिरामी भएका विमलाको धुलिखेल अस्पतालमा र नरबहादुरको घरमै मृत्यु भएको हो। च्याउ खाएर बिरामी भएका पूर्ण बहादुरको नर्भिक अस्पतालमा र सूर्य बहादुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। अरूको अवस्था सामान्य रहेको वडा सदस्य लामाले उकेरालाई जानकारी दिए। 

जेठ १९, २०७८ बुधबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।