विवेकशीलका थापाको कोरोना रिपोर्ट नेगेटिभ तर अवस्था जटिल

विवेकशीलका थापाको कोरोना रिपोर्ट नेगेटिभ तर अवस्था जटिल

विवेकशील साझाका नेता मिलन पाण्डेले सार्वजनिक गरेको हेल्थ अपडेट अनुसार  कोरोना रिपोर्ट नेगेटिभ आउनु अगाडि नै भाइरसले शरीरमा दीर्घकालीन क्षति गरिसकेले थापाको उहाँको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको उनले बताएका छन्।
'अत्यन्त जटिल  स्थितिमा पनि चिकित्सकहरू हर सम्भव प्रयासमा छन्' उनले भनेका छन्।
कोरोना सङ्क्रमित भएपछि उपचाररत रहेका उनको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आउन सकेको छैन। 

जेठ १७, २०७८ सोमबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।