बाँके र मोरङमा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

बाँके र मोरङमा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपेका हुन्। 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्को वैशाख ६ गतेको आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी गरिएको आदेशमा उल्लेख छ। 

बाँकेमा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी छ। 

यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको आदेशमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर निषेधाज्ञा एक साता थप गरिएको उल्लेख छ। 

जेठ १७, २०७८ सोमबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।