२४ घण्टामा ४७६२ जनामा कोरोना संक्रमण, ११४ को मृत्यु
योसहित देशभर कोरोना पुष्टि भएकाको संख्या ५ लाख ६१ ह्जार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा १ सय १४ कोरोना संक्रमितको शव व्यवस्थापन गरिएका छन्। योसहित देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ८६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ। देशभर कोरोना संक्रमणमुक्त हुने दर ७९.७ छ।
जेठ १७, २०७८ सोमबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।