एमाले स्थायी कमिटी बैठक फेरि स्थगित, भोलि बस्ने

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित, भोलि बस्ने
फाइल तस्बिर।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक स्थगित भएको हो। 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टी शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए। 

अर्काे बैठक भोलि बिहानका लागि बाेलाइएकाे बताइएकाे छ।  

यसअघि आइतबार बोलाइएको बैठक आज सारिएको थियो। 

जेठ १७, २०७८ सोमबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।