तोलामा दुई सय बढ्यो सुनको भाउ

तोलामा दुई सय बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९४ हजार २ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ९४ हजार रूपैयाँ तोकिएको थियो। 

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य तोलामा ९३ हजार ५ सय रूपैयाँ तोकिएको थियो। 

चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँ बढेर १ हजार ३ सय ६० पुगेको छ। 

जेठ १७, २०७८ सोमबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।