लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन : बिहान १० बजेसम्म १२२ मत खस्यो
बुटवल : लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहान १० बजेसम्म १ सय २२ मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीयतर्फ ७१ जना (३५ महिला र ३६ पुरुष), प्रदेशसभातर्फ ४८ जना (२१ महिला र २७ पुरुष) र कोभिड १९ केन्द्रमा ३ पुरुषले मतदान गरेका छन्।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्रमा बिहान ९ बजे मतदान सुरु भएको हो।
उपनिर्वाचनमा प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यको एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ, जसमा
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
उपनिर्वाचनमा ८३ प्रदेशसभा सांसद् र २ सय १७ जना प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जेठ १७, २०७८ सोमबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।