एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। स्पष्टीकरण सोधिएका नेताहरुलाई थप कारबाही लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए।
यसअघि जेठ १० गते बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। यस्तै, उक्त बैठकले घनश्याम भुसालसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थनमा हस्ताक्षर गरेका १२ सांसद्सँग एमालेले स्पष्टीकरण सोधेको थियो। तर, उनीहरूले स्पष्टीकरण बुझाएका छैनन्।
जेठ १७, २०७८ सोमबार ०९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।