भिक्षु सुगन्धको पहलमा थाइल्यान्डबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

भिक्षु सुगन्धको पहलमा थाइल्यान्डबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री
त्रिभुवन विमानस्थलमा आइपुगेको स्वास्थ्य सामग्री।

काठमाडौं : थाइल्यान्डमा बस्ने नेपाली भिक्षु सुगन्धको पहलमा बैंककबाट स्वास्थ्य सामग्री आइपुगेको छ। 

थाइल्यान्डका राजपरिवारले जहाज चाटर्ड गरेर नेपाललाई सहयोगस्वरुप स्वास्थ्य सामग्री पठाएको हो। 

थाइल्यान्डका राजा महाबलिराल ङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिँदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीव्याभातीले व्यक्तिगतरुपमा सहयोगस्वरुप स्वास्थ्य सामग्री पठाएका हुन्। 

थाईल्यान्डको राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५ सय २० थान पिपिई गाउन, १० हजार जोर पिपिई लेग कभर, १० हजार थान पिपिई सर्जिक क्याप, ५ हजार थान फेस सिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन, ६ सय थान फिंगर टिप्स पल्स अक्सिमिटर, १५ सय थान डिजिटल थर्मोमिटर, १ हजार थान बोडी ब्याग, ३० थान अक्सिजन नाजल, ८ थान अक्सिजन कन्स्ट्रेन्टर नेपाललाई सहयोगस्वरुप दिएको हो। 

नेपालका लागि थाइ राजदूत भोसिता भोरासापले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज एक समारोहबीच उक्त सामग्री हस्तान्तरण गरेको उक्त सहयोगको लागि भूमिका खेल्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। 

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्व विश्वविद्यालय, बैंककका रेक्टरसमेत हुन्। भिक्षु सुगन्ध महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरीयताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु समेत हुन्। 

थाइल्यान्डमा उनलाई डा. अनिल शाक्यका नामले समेत चिनिन्छ। प्राध्यापक शाक्य थाई राजकीय विहार वाट बोभर्नका उपप्रमुख समेत हुन्। 

भिक्षु सुगन्धको थाइल्यान्डका राजपरिवारसँग निकट सम्बन्ध छ।

जेठ १६, २०७८ आइतबार १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।