बैंक तथा वित्तीय संस्था आज र भोलि खुला हुने
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज र भोलि सार्वजनिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको छ।
राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज र भोलि बैंक तथा वित्तीय संस्था खुला हुने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए।
चालु आर्थिक वर्षको तेस्रो चौमासिकको राजश्व संकलन गर्न भोलि आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला हुने प्रवक्ता ढकालले बताए।
राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको मसान्तसम्म शनिवार लगायतका जनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नुपर्छ। उनले भने,‘राजश्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाका काउन्टर सार्वजनिक बिदामा खुल्छन।’
चैत २८, २०७७ शनिबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।