न्यायाधीश नियुक्तिप्रति सर्वोच्च बारको आपत्ति
काठमाडौँ : सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस पारदर्शी नभएको जनाएको छ। एसोसिएसनले पत्रकार सम्मेलन गरेर योग्यता नपुगेका व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो।
न्याय परिषद्ले फागुन २८ मा उच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्चका लागि न्यायाधीश सिफारिस गरेको थियो।
पत्रकार सम्मेलनमा वारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले योग्य र सक्षमलाई स्थान दिइनुपर्नेमा त्यसो नभएको बताए। ‘नियुक्ति गर्दा नै जन्म मिति हेरेर, दिन गणना गरेर छोटो अवधिमा सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने अवस्था आयो’ उनले भने, ‘विगत केही वर्षदेखि पद र प्रतिष्ठानलाई भर्याङ बनाई सर्वोच्चको न्यायाधीश नियुक्ति गर्ने परम्परा विकास भयो’।
वारले यसबारे संसदीय सुनुवाइ समितिमा पत्र बुझाएको जानकारी दिएको छ। यो जानकारी न्याय परिषद्लाई पनि गराइने वारले जनाएको छ।
चैत २७, २०७७ शुक्रबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।