माओवादी केन्द्रले पठायो गृहमन्त्री बादललाई सांसद पदबाट हटाएको पत्र 

माओवादी केन्द्रले पठायो गृहमन्त्री बादललाई सांसद पदबाट हटाएको  पत्र 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफ्नो पार्टीको सांसद नरहेको पत्र दर्ता गरेको छ। 

राष्ट्रिय सभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका ‘बादल’ को कारबाहीबारे संसद् सचिवालयमा पत्र दर्ता गराएका हुन्। 

पत्रबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएको सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ। 

यसअघि माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।

बादल २०७४ सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका थिए। 

चैत २७, २०७७ शुक्रबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।