भारतमा एकैदिन आठ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु 

भारतमा एकैदिन आठ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु 
तस्बिर : एनडिटिभी।

काठमाडौं : भारतमा एकैदिन आठ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ बिहीबार ८ सय २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। समाचार संस्था बिबिसीका अनुसार यो संख्या २०२० अक्टुवरयता एकदिनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या आठ सय पुगेको हो। 

भारतमा मंगलबारयता कोरोना संक्रमितको संख्या पनि बढिरहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकले देखाउँछ। 

त्यहाँ (हिजो) बिहीबार १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यस्तै, गत बुधबार १ लाख २६ हजार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार १ लाख १५ हजार २ सय ६९ जना संक्रमित भएका थिए। 

मंगलबारयता मृत्यु हुने कोरोना संक्रमितको संख्या बढिरहेको सरकारी तथ्यांकले देखाउँछ। त्यहाँ गत मंगलबार ६ सय ३१ कोरोना संक्रमितको मृत्यु हुँदा बुधबार ६ सय ८४ कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म १ लाख ६७ हजार ६ सय ४२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। 

चैत २७, २०७७ शुक्रबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।