२६ जना सहसचिव, प्रजिअ र उपसचिवको पदस्थापन र सरुवा

२६ जना सहसचिव, प्रजिअ र उपसचिवको पदस्थापन र सरुवा

काठमाडौं : सरकारले २६ जना सहसचिव, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र उपसचिवको पदस्थापन र सरुवा गरेको छ। 

गृहमन्त्रालयले आज (बिहीबार) मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। 

यस्तै, बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङलाई कैलालीको इलाका प्रशासन कार्यालय, टीकापुरमा पठाइएको छ। बाँकेको प्रजिअको जिम्मेवारी गृहमन्त्रालयका सहसचिव शिवराम गेलाललाई दिइएको छ। 

यसैगरी, नवलपरासी पश्चिमका प्रजिअ एवं उपसचिव सागरमणि पाठकलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। नवलपरासी प्रजिअको जिम्मेवारी गृहमन्त्रालयका सहसचिव धर्मेन्द्र मिश्रलाई दिइएको छ। 

चैत २६, २०७७ बिहीबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।