२४ घण्टामा ३३२ जनामा कोरोना पुष्टि

२४ घण्टामा ३३२ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ सय ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा ७९ जना कोरोना संक्रमित निको भएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ लाख ७९ हजार १ सय जनामा कोरोना पुष्टि भइसकेको छ। तीमध्ये २ लाख ७३ हजार ६ सय ८ जना कोरोनामुक्त भइसकेका छन्। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट कसैको ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५४ छ। 

चैत २६, २०७७ बिहीबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।