चैत ३० गते सर्यो कांग्रेस कार्यसमिति बैठक
काठमाडौं : चैत २७ गते तोकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
कांग्रेस पार्टी कार्यलयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक चैत ३० गते सारिएको जानकारी दिए। बैठक दिउँसो २ बजे तोकिएको छ।
यसअघि चैत २० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। आगामी बैठकमा यसबारे थप छलफल गरिने बताइएको छ।
चैत २६, २०७७ बिहीबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।