तोलामा हजार रूपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा हजार रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ८८ हजार रूपैयाँ निर्धारण गरिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य तोलामा ८७ हजार ५ सय ५० रूपैयाँ कायम थियो।
चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेर १ हजार २ सय ६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
चैत २६, २०७७ बिहीबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।