भारतमा एकैदिन १ लाख २६ हजारलाई कोरोना संक्रमण
काठमाडौं : भारतमा एकैदिन १ लाख २६ हजार मानिसलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत बुधबार भारतमा १ लाख २६ हजार ३ सय १५ जनामा कोरोना पुष्टि भएको छ।
उक्त दिन ६ सय ८४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
भारतमा अहिलेसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जना कोरोना संक्रमित भएका छन्। तीमध्ये १ करोड १८ लाख ५१ हजार ३ सय ९३ जना कोरोनामुक्त भएका छन्। यस्तै, १ लाख ६६ हजार ८ सय ६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यहाँ कोरोनाका सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार ३ सय १९ छ।
चैत २६, २०७७ बिहीबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।