२४ घण्टामा देशभर २९८ जनामा कोरोना पुष्टि, २ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर मृत्यु हुने कोरोना संक्रमित ३ हजार ३८ पुगेका छन्।
देशभर कोरोना संक्रमित हुनेको संख्या भने २ लाख ७८ हजार ७ सय ६८ पुगेको छ। तीमध्ये २ लाख ७३ हजार ५ सय २९ जना कोरोनामुक्त भएका छन्।
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ रहेको मन्त्रालयले जनाएको छ।
चैत २५, २०७७ बुधबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।