ब्राजिलमा एकै दिन चार हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु
ब्राजिलमा कोरोना संक्रमितको शव चिहानमा लगिँदै। तस्बिर : एनडिटिभी।
काठमाडौं : ब्राजिलमा एकैदिन चार हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा मंगलबार ४ हजार १ सय ९५ संक्रमितको मृत्यु भएको हो।
उक्त अवधिमा ब्राजिलमा ८२ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा हिजो साँझ ६ः२० सम्म कोरोना संक्रमितको कूल संख्या १ करोड ३१ लाख ५ सय ८० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ ३ लाख ३६ हजार ९ सय ४७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
चैत २५, २०७७ बुधबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।