२४ घण्टामा थपिए २६० जना कोरोना संक्रमित, ११३ निको भए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमित थपिएका छन्।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ सय १३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन।
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७९ रहेको मन्त्रालयले जनाएको छ।
चैत २४, २०७७ मंगलबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।