तोलामा ३ सय रूपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) तोलामा तीन सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रूपैयाँ तोकिएको छ। हिजो यसको भाउ तोलाको ८७ हजार २ सय रूपैयाँ कायम थियो।
यसैगरी तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर तोलामा ८७ हजार ५० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रूपैयाँ थियो।
चाँदीको मूल्य भने तोलाको १ हजार २ सय ३५ रूपैयाँमा स्थिर रहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
चैत २४, २०७७ मंगलबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।