कैलालीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एकजना घाइते 

कैलालीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एकजना घाइते 
सांकेतिक तस्बिर।

धनगढी : कैलालीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ।

भजनी नगरपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक सोमबार साँझ तस्कर र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

भारतीय लागुऔषध तस्करले नेपाल प्रहरीमाथि १ राउण्ड गोली चलाएपछि प्रहरीले पनि ३ राउण्ड गोली चलाएका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। 

तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एकजना तस्कर घाइते भएका छन्। प्रहरी निरीक्षक थापाका अनुसार गोली हानाहान हुँदा भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएका छन्। 

उनीसँगै रहेका अन्य ४ जना भारतीय तस्कर भारततिर भागेको प्रहरीले जनाएको छ। 
 

चैत २४, २०७७ मंगलबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।