२४ घण्टामा देशभर २६६ जनामा कोरोना संक्रमण, चारको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ सय २ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ छ।
चैत २३, २०७७ सोमबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।