वरिष्ठ साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्माको नागरिक अभिनन्दन

वरिष्ठ साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्माको नागरिक अभिनन्दन

काठमाडौं : वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नागरिक अभिनन्दन गरिएको छ। 

साहित्य र पत्रकारितामा योगदान पुर्याएको भन्दै राष्ट्रिय अभिनन्दन समारोह मूल समितिले शर्मालाई पञ्चेबाजासहित अभिनन्दन गरेको हो। उनलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले कास्य अभिनन्दन पत्र हस्तान्तरण गरे। 

अभिनन्दनपछि वरिष्ठ साहित्यकार शर्माले नेपाली साहित्यका तीन पुस्तासँग सहकार्य गर्न पाएको बताए। सबै पुस्ताप्रति स्नेह र सम्मान रहेको उनको भनाइ छ। 

शर्मा २०२७ सालमा स्थापना भएको साहित्यक पत्रिका ‘अभिव्यक्ति’ संस्थापक सम्पादकसमेत हुन्। 

चैत २३, २०७७ सोमबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।