मकवानपुरमा आगलागीमा परी महिलाको मृत्यु
सांकेतिक तस्बिर।
काठमाडौं : मकवानपुरमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जयेश्वर रिमालका अनुसार हिजो साँझ जंगलमा लागेको डढेलो सल्किएर घरमा भएको आगलागीमा परी भीमफेदी–३, पारीपाखाकी ६९ वर्षीया हिममाया सिन्तानको मृत्यु भएको हो।
आगलागी भएको घर खरले छाएको र काठले बनेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
चैत २३, २०७७ सोमबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।