सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस हुने
काठमाडौँ : प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको छ।
यस्तै सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको छ। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार शून्य समय र विशेष समयमा सांसदहरूले बोल्ने छन्।
चैत २३, २०७७ सोमबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।