भारतको महाराष्ट्र राज्यमा सङ्क्रमण फैलने क्रम बढेसँगै कर्फ्यु
काठमाडौँ : भारतको महाराष्ट्र राज्यमा आज रातीदेखि कर्फ्यु लागु हुने भएको छ। कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ।
आजदेखि महाराष्ट्रमा पनि कर्फ्यु लागु हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
महाराष्ट्रमा स्थानीय समय अनुसार आज सोमबार रातको आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु लागु हुनेछ। यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ।
तर सार्वजनिक सवारी साधनहरू भने चल्ने बीबीसीले उल्लेख गरेको छ। कोरोना भाइरसका कारण भारतमा हालसम्म १ लाख ६५ हजार जनाको मृत्यु भएको छ। अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ।
चैत २३, २०७७ सोमबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।