‘संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्छ’ 

‘संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्छ’ 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व नगरे देश र जनताको विकासका लागि ताजा जनादेशमा जानुपर्ने बताएका छन्। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 

‘संसदीय अंक गणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। त्यस्तो भयो भने संसदीय अंक गणितमा उपयुक्त आकार लिने सम्भावना कम हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ। त्यो राजनीति हो।’ 

प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अंक गणित बनाइनुपर्नेमा जोड दिए। ‘संसद्लाई देशको आवश्यकताअनुसार अंक गणितीय बनावटमा लैजानुपर्छ,’ उनले भने, ‘यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्छ।’

उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए। 
 

 


 

चैत २१, २०७७ शनिबार १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।