२४ घण्टामा थपिए १२८ जना संक्रमित, १ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय २८ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमित थपिएका छन्।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उक्त अवधिमा १ सय ६१ जना कोरोना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार देशभर निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय २३ पुगेको छ। यस्तै, मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले जनाएको छ।
चैत २१, २०७७ शनिबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।