कांग्रेसले फेरि बोलायो केन्द्रीय कार्यसमिति बैठक 

कांग्रेसले फेरि बोलायो केन्द्रीय कार्यसमिति बैठक 

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि बोलाएको छ।  

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक चैत २७ गते दिउँसो २ बजे ललितपुर सानेपास्थित पार्टी कार्यालयमा बस्ने छ। 

यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत शुक्रबार बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। 

कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकमा गत शुक्रबार भएका निर्णयबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए। 

चैत २१, २०७७ शनिबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।