दाङ बस दुर्घटनाका दुवै मृतकको सनाखत
काठमाडौं : दाङकाे घोराही–लमही सडकखण्डमा हिजो (शुक्रबार) साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा रूपन्देही, सैनामैना नगरपालिका–१ का २८ वर्षीय यादव खनाल र दाङ, लमही नगरपालिकाका २९ वर्षीय अतिराम चौधरी छन्।
दुर्घटनामा परी घाइते भएका तीन जनाको उपचार जारी छ। प्रहरीका अनुसार घाइतेमध्ये लमही नगरपालिका–९ का २५ वर्षीय कमल चौधरी, लमही नगरपालिका–४ की १८ वर्षीया अनुजा चौधरी र लमही नगरपालिका–६ का ६३ वर्षीय यमराज नेपाली छन्। उनीहरूको बुटवलस्थित जेम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।
चैत २१, २०७७ शनिबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।