खनाल-नेपाल समूहले ओलीविरुद्ध अभियान घोषणा गर्ने
काठमाडौँ : नेकपा एमाले झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर सङ्गठन निर्माण गर्ने भएको छ।
देशभर सङ्गठन निर्माणको कार्य योजनाबारे छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको नेता योगेश भट्टराईले जानकारी दिए।
खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभियान घोषणा गर्नेछ।
देशभर समानान्तर सङ्गठन विस्तर गर्ने निर्णय गरिसकेको यो समूहले सङ्गठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा अभियान घोषणा गर्ने भएको हो।
चैत २१, २०७७ शनिबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।