१ सय ६५ सडकको एकै पटक शिलान्यास हुँदै
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र स्तरीय पूर्वाधार सडकको शिलान्यास गर्दै छन्। प्रधानमन्त्री ओलीले बिहान ११ बजे १ सय ६५ सडकको बालुवाटारबाट शिलान्यास गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रत्यक्ष निर्वाचित सांसदहरूले सिफारिस गरेका सडक प्रधानमन्त्री ओलीले स्विच थिचेर शिलान्यास गर्नेछन्। चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।
चैत २१, २०७७ शनिबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।