कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय : आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय : आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

काठमाडौं : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।

‘मुख्यरूपमा बैठकमा सरकारको राजीनामा माग्ने र कांग्रेसको नेतृत्वमा सरकार गठनको बारेमा निर्णय भएको छ,’ प्रवक्ता शर्माले भने। 

दिउँसो २ बजे बोलाइएको बैठक एजेण्डा विवादका कारण साँझ साढे ६ बजेपछि मात्र सुरु भएको थियो। करिब तीन घण्टा लामो बैठक साढे ९ बजे सकिएको थियो।
 

चैत २०, २०७७ शुक्रबार २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।