दाङमा बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते
काठमाडौं : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको बस लमही–घोराही सडकखण्डको मसोट नजिकैको ओरालोमा आज (शुक्रबार) साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्द रिजालले जानकारी दिए।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ।
डिएसपी रिजालका अनुसार दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाँकी घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र २२ सामान्य रहेको डिएसपी रिजालले जानकारी दिए।
घाइतेको लमहीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चैत २०, २०७७ शुक्रबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।