चोरी भएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

चोरी भएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएको मोटरसाइकलसहित एक जनालाई आज (शुक्रबार) नियन्त्रणमा लिएको छ। 

महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौं, शंखरापुर नगरपालिका–६, साँखुबाट बा९५प७९७६ नम्बरको रातो रंगको एनएस पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा सिन्धुपाल्चोक, साँगाचोकगढी–६, का श्रीजर सेन्चुरीलाई नियन्त्रणमा लिएको हो। 

सेन्चुरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। 

उक्त मोटरसाइकलको वास्तविक नम्बर बा९१प १२२१ रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको मोटरसाइकलको हुलिया मिल्ने मोटरसाइकल पुस १४ गते हराएको भन्दै ललितपुरका सुजित महर्जनले निवेदन दर्ता गराएको महाशाखाले जनाएको छ। 

नियन्त्रणमा लिइएको मोटरसाइकलसहित सेन्चुरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बानेश्वर पठाइएको महाशाखाले जनाएको छ। 
 

चैत २०, २०७७ शुक्रबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।