कर्णाली प्रदेशमा परियोजना बैंक बनाउने योजना  

कर्णाली प्रदेशमा परियोजना बैंक बनाउने योजना  

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने भएका छन्।

महासङ्घका अध्यक्ष शेखर गोल्छा सहित महासङ्घका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दीपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाहीबिच आज शुक्रवार संयुक्त रूपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो। 

सम्मेलन आयोजना गर्ने सहमति गरेका महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताएका छन्। सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने उनको माग छ। 

लगानीकर्ताहरूले कृषि, पर्यटन, जडीबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने अध्यक्ष गोल्छाले बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ। उनले लगानीकर्ताहरुसंग महासङ्घले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए। 

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताए। उनले योजना आयोग र महासङ्घको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने आशा व्यक्त गरेको महासङ्घले जनाएको छ। कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काको भनाई छ। 

चैत २०, २०७७ शुक्रबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।