भुसाल र पाण्डेमाथि ‘भद्दा मजाक’ गरियो : भट्टराई 

भुसाल र पाण्डेमाथि ‘भद्दा मजाक’ गरियो : भट्टराई 

काठमाडौं : नेकपा एमाले झलनाथ खनाल–माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई ‘भद्दा मजाक’को संज्ञा दिएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज भुसाल र पाण्डेलाई ६ महिने निलम्बन गरेपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘ऋषिमुनि र बुद्धको ज्ञानभूमि अनि माक्र्सवादको उर्वर भूमि नेपालमा आजकल विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ। मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्। कमरेड घनश्याम र सुरेन्द्रमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,’ उनले आफ्नो ट्विटर ह्याण्डलमा लेखेका छन्। 

यसअघि अध्यक्ष ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका थिए। 
 

चैत १९, २०७७ बिहीबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।