देशभर १५२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

देशभर १५२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उक्त अवधिमा ६५ जना कोरोना संक्रमित निको भएका छन्। 

मन्त्रालयका अनुसार देशभर निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ। यस्तै, मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ। 

चैत १९, २०७७ बिहीबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।