एमाले अध्यक्ष ओलीले गरे भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन 

एमाले अध्यक्ष ओलीले गरे भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। 

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष ओलीले भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन्। 

यसअघि ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका निलम्बन गरेका थिए। 

यही चैत ७ गते एमाले केन्द्रीय कमिटी बैठकले नेताहरू नेपाल, रावल, भुसार र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट एमालेले चारै जना नेतालाई स्पष्टीकरण पत्र पठाएको थियो। त्यसपछि चारै जनाले उक्त पत्रको जवाफ पठाएका थिए।

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी अवैधानिक गुट भेलालाई निरन्तरता दिएको भन्दै कारबाही गरिएको पाण्डेलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ। 

चैत १९, २०७७ बिहीबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।