नेकपा नाम विवादको फैसलामा सर्वोच्चले पुनरावलोकनको अनुमति नदिने
काठमाडौं : सर्वोच्च अदालतले नेकपा नाम विवादको फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ।
सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सुनुवाइको अनुमति नदिने निर्णय गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मुद्दा पुनरावलोकन निवेदनमा सुनुवाइको अनुमति नदिने निर्णय गरेको अदालतले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसला चित्त नबुझेको भन्दै गत मंगलबार पुनरावलोकन निवेदन दर्ता गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिटमा सर्वाेच्चले ग माघ २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो।
चैत १९, २०७७ बिहीबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।