बाल यौन दुराचार गरेको आरोपमा ६६ वर्षीय अमेरिकी पोखराबाट पक्राउ 

बाल यौन दुराचार गरेको आरोपमा ६६ वर्षीय अमेरिकी पोखराबाट पक्राउ 

काठमाडौं : बाल यौन दुराचार गरेको आरोपमा ६६ वर्षीय अमेरिकी नागरिक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल यौन दुराचार गरेको आरोपमा क्यालोफोर्नियाका माइकल नोरम्यान टेलरलाई पक्राउ गरेको हो। 

अमेरिका रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग नियमित सम्पर्क गर्ने गरेको सूचनाका आधारमा टेलरलाई गत मंगलबार कास्कीको पोखरा महानगरपालिका–१७, सेदीस्थित होमस्टेबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। 

सिआइबीका अनुसार बालयौन दुरुपयोग गरेको कसुरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएकाे छ। 

टेलर सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका थिए। उनीमाथि सन् २०१९ मा नेपाल आउँदा तीन जना बालबालिकालाई बाल यौन दुरुपयोग गरेको उनीमाथि आरोप लागेको छ। 

उनीविरुद्ध बालबालिकाका अभिभावकले जाहेरी दिएको सिआइबीले जनाएको छ। 

चैत १९, २०७७ बिहीबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।