सौरभको ‘असहमति–३’ चैत अन्तिम साता सार्वजनिक हुने

सौरभको ‘असहमति–३’ चैत अन्तिम साता सार्वजनिक हुने

काठमाडौं : लेखक, चिन्तक एवं राजनीतिक विश्लेषक सौरभको असहमति शृंखलाको तेस्रो पुस्तक ‘असहमति–३’ चैत अन्तिम साता सार्वजनिक हुने भएको छ।

 बुक–हिल पब्लिकेसनले आज एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ, ‘इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन्। 

पुस्तकबारे सौरभ भन्छन्, ‘कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन। उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन ? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ, उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु। पुस्तकमा मेरा यस्ता राजनीतिक विमति धेरै छन्।’ 

६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेख छन्। विषयको विविधतामा यथेस्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक–राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन्। 

३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रूपैयाँ छ।

चैत १८, २०७७ बुधबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।