संसद् बैठक २३ गते सोमबार बस्ने गरी स्थगित 

संसद् बैठक २३ गते सोमबार बस्ने गरी स्थगित 

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्वाङफेले दुवै आयोगका प्रतिवेदन बैठकमा पेस गरिन्। 

सङ्घीय संसद् सचिवालयले दुवै प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची राखे पनि उपस्थित नभएकाले मन्त्री तुम्वाहाङफेले पेस गरेकी हुन्। यस्तै विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पनि प्रतिनिधिसभा बैठकमा पेस भएको छ। 

बैठक संविधान सभा सदस्य एवं काँग्रेस नेता नवीन्द्रराज जोशी र संविधान सभा सदस्य लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधि सभाको  अर्को चैत २३ गते सोमवार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो। 

 

चैत १८, २०७७ बुधबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।