प्रतिनिधिसभाको बैठकमा ३ वटा वार्षिक प्रतिवेदन पेस हुने 

प्रतिनिधिसभाको बैठकमा ३ वटा वार्षिक प्रतिवेदन पेस हुने 

काठमाडौँ : प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार दुवै प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्नेछन्। यस्तै विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पनि प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूची रहेको छ। 

बैठकमा संविधान सभा सदस्य एवं काँग्रेस नेता नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुनेछ। जोशीको ५९ वर्षको उमेरमा चैत १३ गते नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। संविधान सभा सदस्य भण्डारीको ६८ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

चैत १८, २०७७ बुधबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।