देशभर १६७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। उक्त अवधिमा १ सय १५ जना कोरोना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार देशभर निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ। यस्तै, मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ।
चैत १७, २०७७ मंगलबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।