कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा आज मङ्गलवार बिहान निधन भएको वडा नंं २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले बताए।

लामो समयदेखि रक्त चापले ग्रसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। गाउँपालिका अध्यक्ष रावलको निधनसँगै मोहन्याल शोकमा डुबेको छ।

सादा जीवन, उच्च विचार र निष्ठाको राजनीति गर्ने रावललाई एक युग पुरुष र सच्चा कम्युनिस्ट नेताको रूप चिनिन्छ। आफ्नो पुरै जीवन देश र जनताको निम्ति त्याग गरेका रावल नेकपा एमालेका लोक प्रिय नेताको रूपमा पार्टीले चिन्ने र पार्टीलाई अतुलनीय क्षति भएको नेकपा कैलालीका अध्यक्ष रतन थापाले बताए। 

२० वर्षको उमेर देखि सक्रिय राजनीतिमा लागेका रावल नेकपा एमालेको तर्फबाट मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

चैत १७, २०७७ मंगलबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।