ललितपुरको नख्खुमा बर्ड फ्लु पुष्टि
काठमाडौँ : ललितपुर महानगरपालिकाको नख्खुमा किसानले पालेका कुखुरा, बट्टाई र हाँसमा बर्ड फ्लु पुष्टि भएको छ। वर्ड फ्लु पुष्टि भएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ के.जी. दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।
विभागले प्रेस विज्ञप्ति निकालेर नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रियल टाइम पि.सि.आर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु देखिएको जनाएको छ।
बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायहरूलाई परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ।
चैत १७, २०७७ मंगलबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।